‘बूगी वूगी’की कवितालाई लाग्यो कहिले निको नहुने रोग (भिडियो सहित)



१२ असार २०७५, काठमाडौं

‘बूगी वूगी’की टप ७ मा पर्न सफल कविता नेपालीले खुट्टामा लागेको चोट कहिले निको नहुने बताएकी छिन् । मार्सल आर्टमा लागेकी कविता गम्भिर चोटका कारण विकल्पको रुपमा नृत्यमा लागेको कुरा बताइन् ।

सानैदेखिको हिरोइन बन्ने इच्छा भविष्यमा पूरा हुनेमा कविता विश्वस्त छिन् । नृत्यको नेपालमा त्यती राम्रो भविष्य नदेखेकी कविता जीवनमा धेरै क्षेत्रमा काम गर्ने चाहना रहेको बताउँछिन् ।

दलित भएकै कारण आफूलाई विद्यालय, गाउँघर आदि ठाउँहरुमा अरुलाई भन्दा आफूलाई छुट्टै व्यवहार गर्दा दुःख लाग्ने उनको अनुभव रहेको छ । नेपाली समाजमा दलितलाई मात्र नभएर महिनावारी हुँदा सबैजसो महिलाहरुलाई छुवाछुतको भावनाले व्यवहार गर्ने हँुदा समाजमा अझै धेरै परिवर्तन गर्नु पर्ने उनी बताउँछिन् ।

एक अन्तरवार्तामा भोट माग्ने क्रममा उनले हाम्रोलाई नभएर राम्रोलाई छान्न समेत अनुरोध गरेकी छन् ।

प्रतिक्रिया दिनुहोस्