
१२ असार २०७५, काठमाडौं
नेपालकी चर्चित नायिका तथा निर्माता रेखा थापा एक अन्तरवार्तादिने क्रममा प्रदिप खड्का नेपालको नम्बर वान हिरो रहेको बताइन् । प्रदिपको हलिउड जस्तो लुक्स, प्रस्तुतीबाट उनी फिदा भएको कुरा खुलाएकी छन् ।
विश्वकै चर्चित स्टार रोनाल्डोसँग तुलना गर्दै उनी भन्छिन्, ‘जति फ्यान फलोइङ रोनाल्डोको छ र उनलाई जति मान्छेले रुचाउछन् प्रदिपको पनि त्यसै अनुरुप सबैलाई टच हुने, मनपर्ने फेस र प्रस्तुती रहेको छ ।’





