नायिका निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर छोरो युभानको साथमा



१२ असार २०७५, काठमाडौं

सामाजिक संजालमा एकदमै सक्रिय निशा अधिकारी र क्रिकेटर शरद भेषवाकर अहिले अमेरिकामा छन् । निशाले आफू गर्भवती भएको खबर समेत उतैबाट सार्वजनिक गरेकी थिईन् ।

निशाले अमेरिका रहँदा आफ्नो गर्भवती भएको समयको तस्विरहरु सामाजिक संजालमा थुप्रै पोष्ट गरेकी थिईन् । सामान्यतया सेलिब्रेटीहरुले आफ्नो स्लिम र फिट शरीरमात्रै मिडियामा ल्याउछन् तर निशाले हरेक हप्ताजसो आफु गर्भवती भएको तस्विरहरु सामाजिक संजालमा पोस्ट गरिरहेकी हुन्थिन् ।

शरद र निशाको अहिले एउटा छोरो भएको छ, नाम हो युभान । एक महिना अघि जन्म भएको युभानको तस्विरहरु पनि निशाले सामाजिक संजालमा टन्नै हालिरहेकी छिन् । केहि दिनको फरकमा युभानको तस्विर सामाजिक संजालमा पोस्ट गरिरहेकी निशाले शरदले छोरालाई लिएको मायालु तस्विर पनि सामाजिक संजालमा सेयर गरेकी छिन् ।

   

प्रतिक्रिया दिनुहोस्