ऐतिहासिक र पुरातात्विक महत्व बोकेका घरहरु कति दिन टेकाको भरमा बस्ने : सांसद जीवनराम श्रेष्ठ



१२ असार २०७५, काठमाडौं

प्रतिनिधि सभाको बैठकमा काठमाडौं क्षेत्र नं. ८ का प्रनितिधि सभा सदस्य जीवनराम श्रेष्ठले उपत्यका र काठमाडौं क्षेत्र नं. ८ का ऐतिहासिक र पुरातात्विक महत्व बोकेका भित्री शहर जोखिम मोलेर टेकाको भरमा बस्न बाध्य भएकाले विदेशी पर्यटकमा यसले नकारात्मक असर पारिरहेको जानकारी गराएका छन् ।

सांसद श्रेष्ठले काठमाडौं उपत्यका र विशेष गरी काठमाडौं क्षेत्र नं ८ मा पर्ने भित्रि शहरका घरहरुको पुन निर्माणमा ढिलाई भएकोमा चिन्ता व्यक्त गरेका छन । श्रेष्ठले वडा नं १८ को किलागलमा एकिकृत बस्ति निर्माण गर्न लागिएको जानकारी दिदै त्यसमा हाउस पुलिंग सम्बन्धि नियम नहुँदा अफ्ट्यारो परेको बताए ।

प्रतिक्रिया दिनुहोस्