नेपाली झण्डा इटालीमा फहराउँदै



१२ असार २०७५, इटाली

इटालीका लागि गैरआवासीय राजदुत दीपक धितालले पिस वेल फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटर एल्बेर्टाेलाई नेपाली झण्डा हस्तान्तरण गर्नुका साथै एक विशेष कार्यक्रममा नेपाली झण्डा फहराईएको छ ।

इटालीको ट्रेण्टो प्रदेशको रोभेरेटो शहरमा नेपालको झण्डा दुई हप्तासम्म घण्टको सामुन्ने छुट्टै फहराईनुका साथै पिस वेलको सामुन्ने नेपाली र इटालियन साँस्कृतिक नृत्य तथा संगीत प्रस्तुत गरिएको जेनेभास्थित नेपाली दूतावासले जानकारी दिएको छ ।

झण्डा फहराउने कार्यक्रममा बोल्दै फाउण्डेशनका प्रमुख संरक्षक प्रोफेसर सिनेटर रोबोलले मारिया डोलेन्समा झण्डा स्थापना गर्ने ९६ औं मुलुकका रुपमा नेपाललाई स्वागत गरेका थिए ।

उनले नेपाल र नेपालीप्रति इटालीका जनतामा अत्यन्त ठूलो सद्भाव र मित्रता रहेको बताउँदै नेपालको झण्डा उक्त स्थानमा स्थापना भएपछि प्रतीकात्मक रुपमा दुई मुलुकका जनता अझै निकट भएको बताए ।

कार्यक्रममा नेपालको राष्ट्रिय झण्डोत्तलनपछि सय पटक घण्ट बजाई इटालीको राष्ट्रिय गान बजाएर सम्मान दर्शाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्