थारु र मगर जातिको लोक गीत तथा संगीत बारेका पुस्तक विमोचन



१२ असार २०७५, काठमाडौं

सोमबार काठमाडौंमा लोक संगीतका विषयमा लेखिएका दूई अनुसन्धात्मक कृतिको विमोचन गरिएको छ ।

  
नेपाल म्युजिक सेन्टरको सहयोगमा साहित्यकार तथा संगीतविद् डा. गोविन्द आचार्यको एकल लेखन रहेको ‘‘थारु जातिको लोकगीत तथा लोकसंगीत” र डा. आचार्य तथा दुर्गा रायमाझीद्धारा लिखित ‘‘मगर जातिको लोकगीत तथा लोक संगीत” नामक अनुसन्धानमूुलक पुस्तकहरुको विमोचन संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारी तथा संस्कृतिविद सत्यमोहन जोशीले संयुक्त रुपमा गरेका हुन ।


पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि मन्त्री अधिकारीले थारु तथा मगर जातिको लोकगीत तथा लोकसंगीतको गहन अध्ययन गरी प्रकाशित पुस्तकहरुले नेपाली जीवन र पहिचान झल्काएको भन्दै प्रकाशित पुस्तकलाई राज्यले अपनत्व गर्ने प्रतिद्धता व्यक्त गरे ।


बढ्दो विश्वव्यापीकरणको प्रभावले नयाँ पुस्तामा पश्चिमा साहित्य, संस्कृति र कला तर्फ ध्यान गएको भन्दै नेपाली कला, साहित्य र संस्कृतिलाई नयाँ पुस्तामा हस्तान्तरण गर्ने विषयमा मन्त्रालयले गहिरो खोजि गरिरहेको बताए ।


कला, साहित्य र संगीत क्षेत्रका ३ प्रतिष्ठानहरुलाई एकीकृत गर्ने हल्ला चलेपनि केन्द्रमा नजोडिने जानकारी समेत गराए । नेपालको कला र संस्कृतिको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याईरहेको नेपाल म्यूजिक सेन्टरसँग मिलेर काम गर्न मन्त्रालय तयार रहेको समेत बताए ।


कार्यक्रमका अध्यक्ष एवं संस्कृतिविद् तथा शताब्दी पुरुष सत्यमोहन जोशीले अस्थिर सरकारको कारण कला, साहित्य र संस्कृतिको क्षेत्रमा अपेक्षित प्रगति हुन नसकेको बताउँदै नयाँ र स्थिर सरकारबाट रुपान्तरणको अपेक्षा समेत गरे। मोदनाथ डोटेल संस्कृति सचिव हुँदा बनाएको नेपालको संस्कृति नीति अनुशरण नगर्ने मन्त्री र मन्त्रालयको कारण गर्न सक्ने धेरै काम नभएको समेत बताए । कार्यक्रममा राष्ट्रिय सभाका सदस्य कोमल वली, डा. डिला पन्त संग्रौला लगायतले प्रकाशित कृतिका बारेमा बोलेका थिए । त्यस्तै प्रा.डा. माधव प्रसाद पोखरेलले कृतिको बारेमा समिक्षा गरेका थिए भने लेखक डा. आचार्यले कृति लेखनको सन्दर्भ सुनाएका थिए ।

सङ्गीतका पहिलो एस.ई.ई. ब्याजमा ५ जना उतिर्ण
एक दशक भन्दा बढी समय देखि नेपाली कला र संस्कृतिको क्षेत्रमा क्रियाशील नेपाल म्युजिक सेन्टर ट्रस्टद्वारा संचालित नेपाल संगीत विद्यालयबाट नेपालमा पहिलो पटक ५ जना विद्यार्थीहरुले औपचारिक संगीत शिक्षा मार्फत एस.ई.ई. परीक्षा पास गरेका छन् ।

एस इ इ उत्तीर्ण गर्ने पाँच जन विद्यार्थी मध्ये मनोज खड्काले ए प्लस, शुसान्त गजुरेल ए, विमला प्रजाले बि प्लस, पूजा परियारले बि र संजित अछामीले बि ग्रेड ल्याएर पास गरेका छन । संगीत पढ्न चाहाने विद्यार्थीहरुले अनिवार्य तर्फका नेपाली, अंग्रेजी, विज्ञान र गणित विषयका अतिरिक्त संगीतका ६ विषय अध्ययन गर्नुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया दिनुहोस्