
११ असार २०७५, काठमाडौं
प्रमोद भण्डारीको शब्दमा रहेको नयाँ गीत सार्वजनिक भएको छ । गायिका मेलिना राई र धर्मेन्द्र श्रेष्ठको स्वरमा रहेको ‘ओ डार्लिङ’ बोलको गीतको भिडियो ‘खुल्दुली मिडिया’ युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
खेमजी राणाको संगीतमा रहेको उक्त गीतलाई गायक धर्मेन्द्र श्रेष्ठले नै निर्देशन र कोरियोग्राफ गरेका हुन् भने सुरेश श्रेष्ठले सम्पादन गरेका छन् । झलक संगीतमको एरेञ्जमा रहेको गीत आलाप रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड भएको थियो । आशिष रानाले खिचेका भिडियोमा प्रवेश पोखरेल ले छायाङ्कन गरेका हुन् ।
एम डान्स स्टुडियोका बिद्यार्थीहरुको अभिनय तथा डान्स रहेको यस गीतको भिडियोमा बाल कलाकार सिर्जना गुरुङ, रोहन लामा गुरुङ, मञ्जु कडेल, कुमार लामा, अनुम गुरुङ, माया गुरुङ र आशिष रानाले अभिनय गरेका छन् ।





