
११ असार २०७५, काठमाडौँ
बूढानीलकण्ठ नगरपालिकाको दोश्रो नगरसभा बूढानीलकण्ठ बोर्डिङ्ग स्कूलमा उद्घाटन गरिएको छ ।

प्रमुख अतिथि उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेलले पानसमा दीप प्रज्जवलन गरी उद्घाटन गरिएको कार्यक्रमको अध्यक्षता नगरप्रमुख उद्वव खरेलले गरेका थिए ।

नगरसभामा आर्थिक वर्ष २०७५/०७६ को लागि ५३ करोड ४० लाख ५८ हजारको प्रस्तावित बजेटलाई आधार मानी तयार गरिएको नीति तथा कार्यक्रम नगर प्रमुख खरेलले प्रस्तुत गरेका थिए ।
बिशिष्ट अतिथि प्रतिनिधी सभा सदस्य गगन कुमार थापा र दिब्यमणी राजभण्डारी रहेका कार्यक्रममा बिशेष अतिथि प्रदेश सभा सांसद कुसुम कुमार कार्की, भिमसेन खत्री, न्हुच्छे नारायण श्रेष्ठ, दीपक निरौला, सीता लामा रहेका थिए । अतिथिहरुमा न्यायीक समितिका संयोजक रमा राई, प्रमुख प्रशासकिय अधिकृत प्रदिप पौडेल, शिवपुरी राष्ट्रिय निकुञ्जका प्रमुख कमलजंग कुँवर लगायत विभिन्न पार्टीका प्रतिनिधीहरु र अन्य समाजसेवीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा बूनपालाई पर्यटक प्रवर्धन गर्ने, कोशेली घर बनाउने, भ्यु टावर निर्माण गर्ने, नगरवासीलाई पानी सहितको धारा निर्माण गर्ने लगायतका योजना बूनपाले अगाडी सारेको छ ।





