सर्पदंश सम्बन्धि एकदिवशीय जनचेतनामूलक कार्यक्रम सम्पन्न



११ असार २०७५, झापा

झापास्थित अर्जुनधारा नगरपालिकाले सर्पदंश सम्बन्धि एकदिवशीय जनचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।

शनिबार अर्जुनधारा –७ स्थित पितृ भवनमा सो कार्यक्रम गरिएको हो । श्री नयाँ श्रीनाथ गण चारआली झापाको प्राविधिक सहयोगमा सञ्चालित उक्त तालिममा सर्पका प्रजाती, सर्पले मानिसलाई किन टोक्छ ,सर्पको टोकाईबाट जोगिने उपायहरु र टोकेको खण्डमा अनावश्यक प्रयोग नगरी उपचार केन्द्र लैजानुपर्ने विषयमा प्रष्ट्याइएको थियो ।

वर्षात तथा गर्मी याममा सर्पको प्रभाव बढ्ने भएकाले सबै नगरवासी सुरक्षित रहन र यदि सर्पले टोकेर विपत् परेको खण्डमा सो परिस्थितिको बारेमा जानकारी भए समयमै ज्यान बचाउन सकिने भएकाले सचेतनाका लागि कार्यक्रमको आयोजना गरिएको कार्यक्रमका अध्यक्ष नगर प्रमुख हरिकुमार रानाले बताए।

सर्पहरु कुनै विषालु हुन्छन् भने कुनै नविषालु हुन्छन् यसले अघाउनको लागि मानिसलाई टोक्ने होइन । यसको नजिक कुनै चिज देखापर्दा आत्तिएर टोक्ने गर्दछ । यसलाई नकुल्चिदा तथा असर नपर्दासम्म टोक्दैन । जाडो याममा चेप तथा प्वालभित्र र गर्मी याममा तिनीहरु बस्ने ठाउँमा प्रभाव पर्ने भएकाले मुसा भ्यगुता खानकालागि कुनैबेला घरमा पस्न सक्छ।

सर्पका अन्य प्रजातीहरु मध्ये गोमन र करेत जातका सर्पहरु धेरै विषालु हुने भएकाले यदि टोकीहालेको खण्डमा चाँडै उपचार केन्द्र लैजानुपर्ने कार्यक्रमका सहजकर्ता ऋषिराज पोखरेलले जानकारी दिए । बिहान ११ बजे शुरु भएको उक्त तालिममा नगरपालिकाकी उप–प्रमुख कमला आचार्य लगायत ११ वडाध्यक्ष, वडासदस्य सहित १६० जना नगरवासीको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्