ललितपुर जिल्लाको एस.इ.इ. नतिजा



११ असार २०७५, ललितपुर

एस.इ.इ. बोर्डले २०७४ सालको एस.इ.इ. परिक्षाको नतिजा सार्वजनिक गरेको छ । बोर्डले अस्ति शनिबार नतिजा सार्वजनिक गरेको हो ।

नतिजा सार्वजनिक भएसँगै यतिबेला कुन विद्यार्थीले कति जि.पि.ए. ल्याउन सफल भए भन्ने चर्चा चल्ने गरेको छ । त्योसँगै कुन विद्यालयले कस्तो नतिजा निकाल्न सफल भयो भन्ने पनि चर्चा चल्न थालेको छ । यहि चर्चासँगै ललितपुर जिल्लाले २०७४ सालकाे एस.इ.इ. परिक्षाको यस्तो नतिजा निकालेको पाईएको छ ।

परिक्षा शाखाका शान्तिराम पौडेलका अनुसार २०७४ को एस.इ.इ. परिक्षा नतिजा अनुसार ललितपुर जिल्लाबाट जि.पि.ए.का अाधारमा जि.पि. ए. ४ ल्याउने २ जना रहेका छन् । त्यसैगरी जि.पि.ए. ३.६५ देखि ३.९५ सम्म ल्याउने १५५९ जना छन् भने जि.पि.ए.३.२ देखि ३.६० सम्म ल्याउने ३०७५ जना रहेका छन् ।

जि.पि.ए. २.८५ देखि ३.२ सम्म २३४० जनाले ल्याएका छन भने जि.पि.ए. २.४५ देखि २.८० सम्म १३४८ जनाले ल्याएका छन् । २.०५ देखि २.४० सम्म ९२४ जनाले ल्याएका छन् , त्यसैगरी जि.पि.ए. १.६५ देखि २ सम्म ३८१ जनाले र १.२५ देखि १.६ सम्म ५१ जनरले ल्याएका छन् । ललितपुर जिल्लामा जि.पि.ए. १.१५ देखि १.२ सम्म जम्मा ३ जना विद्यार्थीले मात्र ल्याएका छन् ।

प्रतिक्रिया दिनुहोस्