
११ असार २०७५, एजेन्सी
यसअघि विवाह १९ नोभेम्बरमा हुने भनिएको दीपिका पाडुकोण र रणवीर कपुरको विवाहको मिति १० दिनअघि नोभेम्बर १० मा तय भएको छ । यद्यपि, केही कारणले विवाह सारिएकोमा दुवै परिवार राजी भइसकेका छन् ।
यसअघि, दुई जनाले जनवरीमा नै विवाह गरिसकेको समाचारहरु पनि बाहिर आएको थियो । रिपोर्टका अनुसार दीपिका पाडुकोणको जन्मदिन ५ जनवरीका दिन उनीहरुको विवाहको मिति तय भएको थियो । त्यतिबेला दुवै परिवार मालदीभ्समा छुट्टी मनाउन पुगेका थिए ।
दुवै परिवारले विवाह तयारी धुमधामले शुरु गरिसकेका छन् ।
यसअघि रणवीर–दीपिकाले उदयपुरमा विवाह गर्ने बताइएको थियो । तर, अहिले विवाह बैंगलुरु वा इटालीमा हुनेछ । त्यसपछि साथी तथा समकक्षीहरुलाई मुम्बईमा रिसेप्शन होस्ट गरिनेछ ।
दीपिका र रणवीरले आफ्ना कर्मचारीहरुको तीन महिना (अक्टुबर, नोभेम्बर र डिसेम्बर) को छुट्टी रद्द गरिसकेका छन् । यसले पनि उनीहरुको विवाह चाँडै हुने संकेत गर्छ ।
यति मात्र होइन, विवाहकै कारण रणवीर अभिति रोहित शेट्टीको निर्देशनमा बनिरहेको चलचित्र सिम्बाको शुटिङ पनि चाँडै सक्ने प्रयास भइरहेको छ । रोहितले यसबारे जानकारी दिइसकेका छन् ।
यता, रणवीरले पनि कुनै नयाँ प्रोजेक्टमा हस्ताक्षर गरेका छैनन् । उता, दीपिकाले पनि पद्मावतपछि कुनै चलचित्र साइन गरेकी छैनन् ।
पद्मावतपछि उनले विशाल भारद्वाजको निर्देशनमा बनिरहेको ग्याङस्टर ड्रामा चलचित्र गर्ने भनिए पनि इरफान खान अस्वस्थ भएपछि यसको सुटिङ शुरु नै हुन पाएन ।





