
१० असार २०७५, काठमाडौं
नेपाल ओलम्पिक कमिटीका अध्यक्ष तथा प्रनिनिधि सभा सदस्य जीवन राम श्रेष्ठले अन्तराष्ट्रिय सेपाकताक्रो महासंघका डाइरेक्टर जनरल तथा महासचिव डाटो अब्दुल हालिम विन कादर र नेपाल सेपाकताक्रो संघ पदाधिकारीहरु संग भेटघाट सहित मायाको चिनो साटासाट गरेका छन् ।

उक्त कार्यक्रममा ओलम्पिक कमिटीका अध्यक्ष श्रेष्ठले सेपाकताक्रो खेललाई विशेष रुपमा सहयोग गर्ने कुरा व्यक्त गर्नु भएको छ ।

कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका महासचिव लामा टेण्डी शेर्पा तथा नेपाल सेपाकताक्रो संघका संस्थापक अध्यक्ष ध्रुव बहादुर गुरुङ्गको उपस्थित रहेको थियो ।





