जर्मनीको पहिलो जित, मेक्सिको ६ अंक सहित समूह विजेता



१० असार २०७५, काठमाडौं

रसियामा जारी विश्वकप फुटबलको २१ औं सस्करण अन्तर्गत हिजो राती भएको समूह चरणको दोस्रो खेलमा तीन देश विजयी भएका छन् ।

नेपाली समयानुसार हिजो राति ५:४५ बाट रसियाकोओट्क्राइटी एरिना रंगशालामा भएको खेलमा बेल्जियम विजयी भएको छ । ट्युनेसियासँग भएको सो खेलमा ट्युनेसियाले २ गोल गरेको थियो भने बेल्जियमले ५ गोल गरेको थियो । यो जितसँगै बेल्जियम प्री-क्वाटर फाइनलमा प्रवेश गरेको छ ।

त्यसैगरी दोस्रो खेल अन्तर्गत ८:४५ मा रोष्ट्रोभ एरिना रंगशालामा मेक्सिको र दक्षिण कोरियाबिच भएको खेलमा मेक्सिको २/१ को अन्तरमा विजयी बनेको छ । समूह चरणको पहिलो खेलमा विश्व विजेता जर्मनीलाई पराजित गरेको मेक्सिकोले दोस्रो खेलमा कोरियालाई पराजित गरेको हो ।

राती ११:४५ मा भएको अन्तिम खेलमा जर्मनीले स्विडेनलाई पराजित गरेको छ । फिस्ट ओलम्पिक रंगशालामा भएको खेलमा जर्मनीले स्विडेनलाई २/१ ले पराजित गरेको हो । यो खेलपछि आफ्नो समुहमा मेक्सिकोको ६ अंक छ भने जर्मनी र स्विडेनको बराबर ३/३ अंक रहेको छ ।

प्रतिक्रिया दिनुहोस्