गोल्डेन बुटको दावेदारीमा रोनाल्डोसँगै लुकाकु



१० असार २०७५, काठमाडौं

ट्युनिसियाविरुद्धको खेलमा २ गोल गरेर लुकाकुले रसियामा जारी विश्वकप फुटबलमा गोल्डेन बुटको दावेदारीमा रोनाल्डोसँगै आफूलाई उभ्याएका छन् । उनले २ खेलमा ४ गोल गर्दै रोनाल्डोसँग बराबरी गरेका हुन् । लुकाकुले पहिलो खेलमा पानामाविरुद्ध पनि २ गोल गरेका थिए ।

त्यस्तै स्पेनविरुद्ध ह्याट्रिक गरेका रोनाल्डोले मोरक्कोविरुद्ध एक ह्गोल गर्दै यस विश्वकपमा अहिलेसम्म २ खेलम ४ गोल गरेका छन् ।

त्यस्तै यस दौडमा रसियाका डेनिस चेरीशेभ र स्पेनका डिएगो कोष्टा ३-३ गोल गर्दै गोल्डेन बुटको दौडमादोस्रो स्थानमा रहेका छन् ।

चेरिशोभले २ खेलमा ३ गोल गर्दै गोल्डेन बुटको दौडमा दोस्रो स्थानमा रहेका छन् । उनले साउदी अरब विरुद्ध २ र इजिप्टविरुद्ध एक गोल गरेका थिए । त्यस्तै स्पेनका कोष्टाले पोर्चुगलविरुद्ध २ र इरानविरुद्ध एक गोल गरेका थिए ।

त्यस्तै रसियाका अर्टीम डिजीउबा, बेल्जियमका इडेन हजार्ड, इङल्याण्डका हेरी केन, नाइजेरियाका अहमद मुसा, अस्ट्रेलियाका मिले जेडीनाक, क्रोसीका लुका मोड्रीच र ब्राजिलका फिलिप कोटिन्होले २–२ गोल गरेर गोल्डेन बुटको दौडमा तेस्रो स्थानमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्