
०८ असार २०७५, काठमाडौँ
प्रतिनिधि सभा आजको बैठकको विशेष समयमा बोल्दै सांसद शान्ता चौधरीले कमलरी प्रथाको अझै पनि अन्त्य हुन नसकेको बताएकी छन् ।
अहिले पनि करिब १०० महिला कमलरीका रुपमा काम गर्न बाध्य भएको भन्दै ११ वर्षीया अस्मिता थारुको हत्या सम्बन्धी घटनामा छानबिन गर्न सांसद चौधरीले सरकारको ध्यानाकर्षण गराएकी थिईन् ।
उनले आत्महत्या भनिएको घटनामा बालिकाको दुबै हातमा खिल गाडिएको र शरीरभर निलडाम भएकाले सो घटना आत्महत्या नभइ हत्या गरिएको आशंका भएकाले छानबिन गरी सत्य तथ्य बाहिर ल्याउन गृहमन्त्री समक्ष आग्रह गरेकी थिईन् ।





