
०८ असार २०७५, काठमाडौँ
संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा सांसदहरुले मूल्यवृिद्ध र कालो बजारी रोक्न सरकारको ध्यानाकर्षण गराएका छन् ।
सांसद प्रकाश रसाइली, प्रेम सुवाल, दुर्गा पौडेल र देवप्रसाद तिमिल्सिनाले मूल्यवृद्धिका कारण कालोबजारी पनि बढेकाले यसलाई रोक्नुपर्नेमा जोड दिएका हुन् ।
उनीहरूले पेट्रोलियम पदार्थको मूल्यवृद्धिका कारण यसको प्रभाब विभिन्न क्षेत्रमा पनि परेको र यसै विषयमा सडकमा आवाज उठाउने विद्यार्थी संगठनका मागको सम्बोधन नगरिएकामा आपत्ति जनाएका थिए ।





