क्रोएसियाद्वारा अर्जेन्टिना स्तब्ध



०८ असार २०७५ काठमाडौं

रसियामा जारी विश्वकप फुटबलको २१ औं सस्करणको लागि उपाधी चुम्ने अड्कल काटिएको अर्जेन्टिना क्रोएसियासँग पराजित भएको छ।

नेपाली समयानुसार हिजो राति ११:४५ बाट रसियाको nizhny novgord क्षेत्रमा पर्ने Nizhny novgorod रंगशालामा भएको खेलमा पहिलो हाफ अघि दुबै टिमले कुनै गोल गर्न सकेका थिएनन् । दोस्रो हाफको ५३ औं मिनेटमा क्रोएसियाका फरवार्ड रेविकले पहिलो गोल गर्दै टिमलाई अग्रता दिएका थिए ।

पहिलो गोल खाएसँगै केही तनावमा देखिएका अर्जेन्टिनाका खेलाडीहरुले खेललाई नियन्त्रणमा लिन नसक्दा क्रोएसियाका कप्तान तथा मिडफिल्डर लुका मोड्रीकले ८० औं मिनेटमा पुन अर्को गोल थप्दै आफ्नो अग्रता दोब्बर बनाए ।

निर्धारित ९० मिनेटको खेलमा ९० मिनेटअघि २ गोल गर्न सफल भएको क्रोएसियाले थप ४ मिनेटको अवधिमा ९०+१ मिनेटमा क्रोएसियाका अर्का मिडफिल्डर रक्टिकको गोलमा ३-० को अग्रतासँगै समूह चरणको दोस्रो खेलमा विजयी बन्न सफल बन्यो ।

राझ्सन इर्माटोभले रेफ्रीको भुमिका निभाएको उक्त खेलमा पहिलो हाफ अघि एउटा पहेलो कार्ड प्रयोग गरिएको थियो भने दोस्रो हाफमा ६ वटा पहेलो कार्ड प्रयोग गरिएको थियो ।

यो खेलसँगै क्रोएसिया एक खेल खेल्न बाँकी रहदै ६ अंक सहित समूह डि को समूह बिजेता बन्दै प्री क्वाटर फाइनल चरणमा प्रवेश गरिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्