७० प्रतिशतसम्मको छुट सहित समर सेल मेला अब पोखरामा



०८ असार २०७५, काठमाडौं

पोखरावासीलाई नेपाली जुत्ता चप्पल खरिद गर्ने सुनौलो अवसर आएको छ । पोखरास्थीत पोखरा नेपाली जुत्ता घरले पोखराबासीको अत्याधिक मागलाई ध्यानमा राखेर नेपाली जुत्ता चप्पलको समर सेल शुरु गरेको छ ।

पोखरा, सिद्धार्थ चोक, चिप्लेढुंगामा रहेको पोखरा नेपाली जुत्ता घरले आफ्नै बिक्री कक्षमा पहिलो पटक ग्राहकहरुलाई विभिन्न नेपाली ब्राण्डका जुत्ता चप्पल खरिद गर्ने अवसर प्रदान गर्दै समर सेल शुरु गरेको हो । यसअघि पनि जुत्ता घरले पोखरामा फुटवेयर बिजनेस एक्स्पोको नाममा मेला आयोजना गरिएको थियो । सो एक्स्पोको अपार सफलतापछि पोखरा नेपाली जुत्ता घरले आफ्नै बिक्री कक्षमा हाल समर सेल मेला आयोजना गरेको हो ।

समर सेल मेला वर्षाको समयमा पनि नेपाली जुत्ता चप्पल खरिदकर्तालाई सहज होस् भन्ने हेतुले आयोजना गरिएको हो । ग्राहकवर्गको चाहना र मागलाई ध्यानमा राखी बिगतका वर्षदेखि शुरु गरिएको नेपाली जुत्ता चप्पलहरुको बृहद् समरसेल मेला यस वर्ष पहिलो पटक पोखरामा पनि आयोजना गरिएको छ ।

समर सेल मेलामा नेपालका प्रमुख ब्राण्डहरुका जुत्ता चप्पलहरु उपलब्ध रहेका छन । जहाँ बालकदेखि वृद्धसम्मका लागि उपयुक्त किसिमको जुत्ता चप्पल किन्न सकिनेछ ।

महिला र पुरुष दुबैका लागि फ्याक्ट्रिबाट भर्खरै उत्पादन गरिएका नयाँ आधुनिक, स्टाईलिस र गुणस्तरीय जुत्ता चप्पल समेत बिक्रीमा राखिएको छ । सिमित अवधिको लागि मात्र आयोजना गरिएको सो सेल मेलामा ३०० रुपैयाँदेखि नै विशेष छुटमा जुत्ता चप्पल किन्न सकिनेछ । जहाँ ग्राहकहरुले विभिन्न उत्पादनहरुमा १० देखि ७० प्रतिशतसम्मको नगद छुट प्राप्त गर्न सक्नेछन् ।

सेल मेला भन्ने बित्तिकै कम्पनीको स्टकमा रहेका पुराना तथा बिग्रीएका जुत्ताहरु बिक्रि गर्ने बुझाई भनौ या गलत भ्रम लाई चिर्नका लागि विशेष छुटका साथ यो मेलामा बिक्रि गर्न लागिएको होे । जहाँ नयाँ र उच्च गुणस्तरीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरिएका सामाग्रीहरु मात्र बिक्रीमा राखिने छ ।

‘हामीले काठमाडौंमा मात्र समर सेल मेला आयोजना गर्दै आएकोमा यस पटक पोखरामा पनि शुरु गरेका हौं । हामीले आफ्नै शोरुमबाट पोखरावासीको मागलाई पुरा गर्न समर सेल मेलामा नेपाली उच्च गुणस्तरका जुत्ता चप्पलहरु राखेका छौं, जहाँ आफूलाई मनपर्ने जुत्ता तथा चप्पल सुपथ मुल्यमा नै किन्न पाईनेछ,’ नेपाली जुत्ता घरका अध्यक्ष तथा बिएफ डियर हिलका प्रवन्ध निर्देशक होमनाथ उपाध्यायले बताए ।

समर सेल मेलामा नेपालका चर्चित ब्राण्डहरुः शिखर सुज, बिएफ डियरहिल सुज, स्काइ सुज, क्रस रोड, कोसेली छाला जुत्ता उद्योग, सफ्टटच सुज, टाकुरा सुज, टम टेलर र शुल्याण्ड गरि ९ वटा ब्राण्डका जुत्ता चप्पलहरु बिक्रि वितरण गरिनेछ ।

उल्लेखित ब्राण्डका आकर्षक एवं गुणस्तरिय अफिसियल जुत्ता, क्याजुअल जुत्ता, स्पोर्टस जुत्ता, बुटहरु, स्कुल तथा कलेजका युनिफर्म जुत्ताका साथै जेन्टस तथा लेडिज स्याण्डलहरु यस योजनामा उपलब्ध छन् । त्यसैले आजै आफूलाई चाहिने र मनपर्ने जुत्ता चप्पल खरिद गरि ढुक्क हुनुहोस् ।

 

प्रतिक्रिया दिनुहोस्