
०७ असार २०७५, काठमाडौं
हिन्दु धर्म अनुसार गाईको मुत्रलाई गहुँत भन्दै खाने चलन चलिरहेको छ । तर अब कुकुरको मुत्रपान समेत गर्न थालिएको घटनाहरु भेट्न थालिएको छ।
एकजना महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै आफैंले पालेको कुकुरको मुत्रपान गर्दै आएकी छिन् ।
नाम नखुलाइएकी एक जना अमेरिकाकी महिलाले आफ्नो अनुहार चम्किलो पार्न र अनुहारका दागधब्बा हटाउन भन्दै कुकुरको मुत्रपान गर्ने गरेको खुलासा गरेकी छिन् । आफैंले पलेको कुकुरको मुत्र दैनिक सेवन गर्ने ती महिलाले मुत्रपानबाट आफ्नो अनुहार चम्किलो बन्दै गएको र अनुहारका नराम्रा दागहरु हट्न थालेका दाबी गरेकी छिन् ।
ती महिलाले कुकुरको मुत्रपानका फाइदाको सिद्धान्त नै प्रस्तुत गरेकी छिन् र आफ्नो अनुभव समेत सुनाएकी छिन् । उनका अनुसार कुकुरको मुत्रमा भिटामिन ‘ए’ र ‘इ’ सहित क्याल्सियमका फाइदाजनक तत्वहरु हुने दाबी छ । उनी कुकुरको मुत्रले क्यान्सर समेत निको हुने दाबी गर्छिन ।
मलाइ थाहा छ, ‘तपाईंरु धेरैको जिज्ञासा छ कि म सधैं कसरी सुन्दर देखिन्छु ? मेरो मेकअप कसरी सधै पर्फेक्ट देखिन्छ ? अनि मेरो अनुहार किन सधैं चम्किलो छ ?’ उनी भन्छिन्, ‘उनले पालेको कुकुरको एक कप पिसाब संकलन गर्छिन् अनि एकै घुट्किमा पिउँछिन् ।’
संकलन गरेको एक कप कुकुरको मुत्रपान गरिसकेपछि उनी पुनः कुराकानी सुरु गर्दै भन्छिन्, ‘पहिले म निकै डिप्रेस्ड थिएँ, निकै दुखी थिएँ, किनकि मेरो अनुहारमा धेरै दागधब्बा थिए जब मैले मेरो कुकुरको मुत्रपान गर्न सुरु गरे यो सबै समस्यबाट छुट्कारा पाए ।’
स्मरण रहोस् प्राचीन चीन, रोम, ग्रिस तथा मिश्रमा पिसाबबाट उपचार गरिने चलन थियो । जसलाई युरो थेरापी भनेर नाम दिइएको छ । तर आधुनिक चिकित्सामा भने यस्तो उपचार बिधिको प्रयोग गरिँदैन ।





