
०७ असार २०७४, काठमाडौं
सरकारले गठन गरेको उच्चस्तरीय छानविन टोलीले हुन्डीको मुख्य कारोवार गर्ने व्यापारी विमलकुमार पोद्धारलाई नियन्त्रणमा लिएको छ ।
अनुसन्धान टोलीले मंगलबार राति उनकै निवास डिल्लीबजारबाट पोद्धारलाई नियन्त्रणमा लिएको हो । ३३ किलो सुन तस्करी तथा सनम शाक्य हत्या प्रकरण छानविनका लागि पोद्धारलाई नियन्त्रणमा लिई अनुसन्धान शुरु गरिएको छ ।





