
०६ असार २०७५, काठमाडौंं
अमेरिकाकी कार्यवाहक राजदुत पिटर माल्नक र पिसकोरकी राष्ट्रिय निर्देशक शेरी रसेलले आज नेपालका ७ विभिन्न जिल्लामा सेवा गर्न जान तयार भएका ३५ जना स्वयंसेवकहरुलाई एक कार्यक्रमका बिच शपथ ग्रहण गराई स्वागत गरेका छन् ।
यी स्वयंसेवकहरुले नेपाली समुदायमा यस अघि सेवा गरिसकेको झन्डै ४ हजार जनाले गर्दै आएको गौरवशाली परम्परालाई निरन्तरता दिनेछ। नेपाल सरकारका विभिन्न निकायहरुसँगको समन्वय र सहकार्यमा उनीहरुले खाद्य तथा पोषण सुरक्षा सम्बन्धी विभिन्न सामुदायिक कामहरु गर्नेछन् ।
सन् १९६२मा आफ्नो स्थापना भएसँगै नेपाल आउन शुरु गरेका पिसकोर स्वयंसेवकहरु दुई देशबिच रहेका जनस्तरको न्यानो सम्बन्धलाई अझै बढावा दिने उदाहरणहरुमध्ये एक उदाहरणको रुपमा हेरिन्छ।





