
०६ असार २०७५, काठमाडौ
अनेरास्ववियुकी अध्यक्ष नविना लामाले ८ गल्ती गरेकी छिन् । भर्खरै मात्र उनले यो गल्ती गरेकी हुन् ।
सांसद समेत रहेकी अनेरास्ववियुकी अध्यक्ष लामाले उक्त गल्ती हिजो मात्र अनेरास्ववियुको कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष शैलेश लामालाई दिलाउँदा गरेकी हुन् । उपाध्यक्ष लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको आधिकारिक पत्रमा उक्त ८ वटा गल्ती भेटिएको हो । पत्रमा लेखिएको प्राय शब्दहरू गलत लेखिएको छ । सारा नेपाली विद्यार्थीहरुको पहिलो नम्बरमा रहेको संगठनको अध्यक्षले उपाध्यक्षलाई जिम्मेवारी दिएको पत्रमा यति धेरै गल्ती भेटिनुलाई के भन्ने ? लापरवाही वा गैरजिम्मेवारी ?
आफ्नो काम विशेषले अध्यक्ष लामा हिजो नेपाल बाहिर गएकी छिन् । आफू बाहिर भएको समयमा संगठनका सम्पूर्ण गतिविधि अगाडि बढाउन भन्दै उपाध्यक्ष शैलेश लामालाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको पत्रमा देखिएको गल्ती यस्तो छ ।






