
०६ असार २०७५, काठमाडौं
एसइई परीक्षाको नतिजा आज बुधबार सार्वजनिक गर्ने तयारी भईरहेको छ ।
एसइईको नतिजा सार्वजनिक गर्ने अन्तिम तयारीमा जुटिरहेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक अम्बिका प्रसाद रेग्मीले परिवर्तन खबरलाई जानकारी दिए ।
यतिबेला विद्यार्थीहरुको सबै उत्तर पुस्तिकाको सम्प्रेषण गरी प्रत्येक विद्यार्थीको नम्बर चढाउने र रुजु गर्ने काम भइरहेको पनि नियन्त्रक रेग्मीले बताए ।
साधारणतर्फ यो वर्ष चार लाख ८५ हजार ५८६ परीक्षार्थी सहभागी भएका थिए । त्यसैगरी प्राविधिक तर्फ ८ हजार ७०८ जना परीक्षार्थी सहभागी थिए । एसइईको सम्पूर्ण नतिजा ग्रेडिङ पद्धति मार्फत नै हुनेछ ।





