
०५ असार २०७५, काठमाडौँ
ओलम्पिक डे २०१८ को उपलक्ष्यमा नेपाल ह्याण्डबल संघद्धारा आयोजित खुल्ला राष्ट्रिय पुरुष ह्याण्डबल प्रतियोगिता बूनपा १० कपनमा उद्घाटन भएको छ ।

बूनपा १० का वडाध्यक्ष नवराज भट्टराईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा जिल्ला विकास खेलकुद समिति काठमाडौँका उपाध्यक्ष बद्रि भट्टराई बिशेष अतिथि रहेका थिए । अतिथिहरुमा नेपाल ह्याण्डबल संघका महासचिव सन्देश रेग्मी, कोषाध्यक्ष मिठाराम अधिकारी, एपिएफका प्रहरी निरिक्षक सुशील अधिकारी, लगायत स्थानीय समाजसेवीहरु रहेका थिए ।

एपिएफ र आर्मी ‘बि’ बिच भएको उद्घाटन खेलमा एपीएफले आर्मीलाई २७–१६ गोल अन्तरले पराजित गरेको थियो ।

बिजेता टीमलाई नगद रु.२०,०००।– सहित ट्रफी प्रदान गरिने प्रतियोगितामा उपविजेतालाई रु.१५,०००।– र ट्रफि दिइने मिडिया संयोजक अनोज लुइटेलले जानकारी गराए ।





