
०५ असार २०७५, सिन्धुली
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को तिनपाटन गाउँपालिकामा गाउँपालिका स्तरीय प्रथम अगुवा कार्यकर्ता तथा जनप्रतिनिधिहरुको सयुक्त भेला कार्यक्रम सम्पन्न भएको छ ।
भौतिक योजना तथा पुर्वाधारमन्त्री केशव स्थापितको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा अतिथीहरु प्रदेश नम्बर ३ का प्रतिनिधिसभा सदस्यहरु गणेश कुमार पहाडी, प्रदिप कटुवाल, तिनपाटन गाउँपालिकाका उपप्रमुख पदम माया तामाङ, नेकपा का केन्द्रीय सदस्य बिषमलाल अधिकारी दनुवार, नेकपाका नेताहरु सूर्य पाख्रीन, प्रल्हाद कुमार पोखरेल, धर्मानन्द घिमिरे, रामप्रसाद गौतम, ज्वाला प्रसाद न्याउपाने (पुकार) अशोक पुलामी, जानुका तिमल्सिना तिनपाटन गाउँपालिकाका विभिन्न वडाका वडाध्यक्षहरुको सहभागिता रहेको थियो ।

प्रमुख अतिथी तथा मन्त्री स्थापितले गाउँपालिकालाइ कृषिमा आत्मनिर्भर बनाउनका लागि बुद्धचित्त, रुद्राक्ष जस्ता बिरुवा लागाउन सकिने र गाउँपालिकाको अव्यवस्थित रुपमा रहेका बजारहरुलाइ व्यवस्थित बनाउनको लागि केही समयभित्र काम शुरु गर्ने जानकारी गराए । तिनपाटनकै ठूलो फाँट तिनपाटन फाँटलाई व्यवस्थित गर्न चदाहा खोलालाई नियन्त्र तथा तट्बन्धको कामको लागि दशैं अघिदेखि काम शुरु गर्ने र गाउँपालिकाभरी सबै ठाउँमा रोड लाई स्तरोन्नति गर्ने बताए ।
कार्यक्रमका पहाडीले, ‘गाउँपालिकाभित्र रहेका पर्यटकीय ठाउँहरुलाई अनुसन्धान गरी पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने र गाउपालिका भित्रका रोडहरुको छिट्टै स्तरोन्नती गरिने बताए ।’
कार्यक्रममा अर्का अतिथी अतिथी कटुवालले , ‘तिनपाटनको सबै ठाउँमा नेपाल टेलिकमको टावर बिस्तार गर्ने, शिक्षाको खस्कदो स्थितिलाई नयाँ ढङ्गबाट व्यवस्थित गर्ने बताए ।’
कार्यक्रममा नेकपामा आवद्ध भातृ सङ्गठनका विभिन्न व्यक्तीहरु सहित २०० जनाको उपस्थिती रहेको थियो । कार्यक्रमको संचालन नेकपाका नेता शंकर कार्कीले गरेका थिए ।





