
०५ असार २०७५, काठमाडौं
खासगरी विद्यार्थीहरुमा पढ्ने क्रममा विर्सने, याद नहुने बानी हुन्छ । परीक्षामा पढेका कुरा दिमागमा नआउने, तनाब सिर्जना हुने आदि समस्याहरुलाई घटाउन सकिन्छ ।
ज्योतिष हरिहर अधिकारीका अनुसार स्मरणशक्ति निम्न कार्य गर्नुहोस् ।
बृहस्पती ग्रहले मानिसको मेमोरी पावरलाई बढाउने काम गर्छ । ब्रेनमा मेडन एवलम डाटा पहेलो कलरको हुन्छ । त्यसले मानिसको मेमोरी पावरलाई स्टोर गर्ने काम र ब्रेनसँग सम्बन्धित धेरै काम गर्ने गर्छ । त्यसैले यसलाई पावरफुल बनाउन जरुरी छ । स्मरणशक्ति बढाउन बृहस्पती किरण जुन कुरामा धेरै हुन्छ त्यो कुरालाई खायो, लगायो र प्रयोग गर्याे भने मेमोरी पावर बढ्छ । बृहस्पती कलर भनेको पहेलो रङ्ग हो । पहेलो कलर हुने फलफूल जस्तै केरा हो । केरामा बृहस्पतीको रेडियसन धेरै हुन्छ र अर्काे बृहस्पती कारक पनि हो । केराको बोटलाई बिवाहको मण्डपमा घेरा बनाएर सुरक्षाको लागि राखिन्छ । यसमा के विश्वास छ भने केरामा बृहस्पतीको पावर बढी हुन्छ, बृहस्पती भनेको गुरु हो । त्यसको वरीपरी घुम्ने गरिन्छ र विचमा बस्ने गरिन्छ । त्यसमा राम्रो भाइब्रेसन, उर्जा मिल्ने गर्छ । त्यसैगरी केराको हरियो पातमा मानिसहरुले खाना खाने पनि गर्छन् ताकि खानामा भएका किटाणु वा नकरात्मक चिज छन् भने नष्ट पार्ने काम गर्छ भन्ने मान्यता रहेको छ ।
गाइको दुधमा पनि बृहस्पतीको रेडियसन बढी हुन्छ । त्यसमा पहेलो पहेलो कलरको फ्लेभर आउँछ । त्यसैगरी ओखरमा पनि बृहस्पतीको रेडियसन बढी हुन्छ । यसलाई प्रयोगमा ल्याउन बिहिबार माछामासु नखाने, सकेसम्म फलफूल मात्र खाने, पानीमा बेसार आदि राखेर खायो भने यसले दिमाखलाई राम्रो गर्छ ।





