
०४असार २०७५, काठमाडौं
साघुँरी गाउँपालिका–९, धनकुटाकी दीपा राई ‘आफ्नो भन्नु तिमी नै हौ बाँच्दै जाँदा थाहा भयो’ बोलको गीत लिएर साङ्गीतिक बजारमा आएकी छिन् । जीवन खालिङ राईको शब्द र कृष्णभक्त राईको सङ्गीत तथा सङ्गीत–संयोजन रहेको दीपाको यो पहिलो गीत हो ।
समसामयिक तथा सामाजिक परिवेशमा आधारित गीत ‘आफ्नो भन्नु’ सेवा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो । उक्त गीतमाथि निर्मित भिडियो गीतकार एवम् निर्देशक जीवन मुकारुङले छायाँकन तथा सम्पादन गरेका हुन् । गीतको भिडियो युट्युबमा राखिएको छ र दर्शकको सङ्ख्या दिनदिनै बढिरहेको देखिन्छ ।





