राष्ट्रपतिसमक्ष शिष्टाचार भेट



४ असार २०७५, काठमाडौँ

राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि होली सीका गैरआवासीय स्थायी कुटनीतिक प्रतिनिधि आर्क्विसप गियमबाटिस्टा डिक्वाट्रोले राष्ट्रपति भवन, शीतलनिवासमा आज शिष्टाचार भेट गरेका थिए ।

उक्त अवसरमा होली सी र नेपालबीच रहिआएको सम्बन्ध, आपसी हित र चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।

सो भेटका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी एवं होली सीका गैरआवासीय स्थायी कुटनीतिक अधिकारीको उपस्थिति रहेको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्