परिवार सहित प्रचण्ड सिंगापुर प्रस्थान



०४ असार २०७५, काठमाडौं

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) श्रीमती सीता दाहालको उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् ।

मंगलबार प्रधानमन्त्री केपी शर्मा ओली चीन भ्रमणमा जाने तयारी भइरहेका बेला लामो समयदेखि सुगर, प्रेसर लगायतका समस्याबाट पीडित श्रीमती सीतालाई लिएर प्रचण्ड छोरी गंगा सिंगापुर गएका हुन् ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कक्षभित्र प्रचण्ड पत्नी सीता दाहाल सोफामा सुतिरहेको तस्वीर सार्वजनिक भएसँगै  प्रचण्ड श्रीमती सीताको उपचारका लागि सिंगापुर गएको उनको सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्