
०४ असार २०७५, काठमाडौँ
प्रधानमन्त्री निवास बालुवाटारमा खसी ढालिएको छ । शनिबार बालुवाटारमा प्रधानमन्त्रीले गरेको रात्रीभोजका लागि ओलीले क्याटरिङलाई जिम्मेवारी दिएका थिए । क्याटरिङलाई सबै जिम्मेवारी दिएता पनि खसी भने बालुवाटारभित्र काटिएको थियो ।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठक सम्पन्न भएपछि सदस्यहरूको स्वागतमा रात्रीकालीन भोजको आयोजना गरेका थिए । सोही कार्यक्रमका लागि बालुवाटारभित्र खसी ढालिएको थियो ।
नेकपाको यो स्थायी समितिको बैठक तत्कालीन एमाले र माओवादी केन्द्रबीच पार्टी एकीकरण भएपछिको पहिलो बैठक हो । प्रधानमन्त्री ओलीले आफ्ना स्थायी समिती सदस्यहरुलाई सरकारी खर्चमा भने रात्रीभोज खुवाएका होइनन् ।
पार्टीको कामको निम्ति बैठक बसेको हुनाले बैठकको सबै खर्च प्रधानमन्त्री ओलीले आफ्नै ब्याक्तिगत रुपमा गरेको उच्च श्रोतले परिवर्तन खबरलाई बताएको छ ।
प्रधानमन्त्री एवम् अध्यक्ष ओली, वरिष्ठ नेता माधवकुमार नेपाल, महासचिव विष्णु पौडेल र नेता बेदुराम भुषालले रात्रीभोजमा सरिक हुनुभन्दा केही समय अगाडि मात्र एउटै टेबुलमा बसेर चिया समेत पिएका थिए ।





