बूनपा १० मा खान अयोग्य मासु विक्रिवितरण : सुधारको लागि १५ दिने म्याद



०३ असार २०७५, काठमाडौँ

बूनपा १० आकाशेधारा वरपर सञ्चालनमा रहेका मासुपसल तथा व्यवसायिक बधशालाहरुको वडा कार्यालय, बूढानिलकण्ठ नगरपालिका र पशु स्वास्थ्य सेवा विभागले संयुक्त रुपमा अनुगमन गरेको छ ।

अनुगमनमा बूनपाकी उपप्रमुख रमादेवी राई, बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, वडा सदस्यहरु, भेटनरी स्वास्थ्य प्रमुख डा. सलिना मानन्धर, बूनपा पशु चिकित्सक प्रमुख काजी बहादुर श्रेष्ठ, आपूर्ति विभाग, उपभोक्ता हित संरक्षण मञ्च र सुरक्षाकर्मीहरु रहेका थिए ।

अनुगमनको क्रममा सबै पसलमा मूल्यको एकरुपता नभएको, पसल दर्ता नै नगरेको, सडेको मासु, ससेज फेला परेको तथा सरसफाईमा राम्रो ध्यान नदिएका भेटियो । मासु व्यवसायीहरुलाई मूल्यमा एकरुपता कायम गर्न, मासु काड्दा एप्रोन लगाउन, १५ दिन भित्र वडा तथा नगरमा व्यवसाय दर्ता वा नविकरण गर्नका साथै सरसफाईमा ध्यान दिई स्वच्छ र सफा मासु विक्रि गर्न सुझाव दिएको पशु चिकित्सक प्रमुख श्रेष्ठले परिवर्तन खबरलाई बताए ।

 

प्रतिक्रिया दिनुहोस्