सिन्धुलीको कमलापुल निर्माण नगर्ने ठेकेदार कारवाहीको प्रक्रियामा



०१ असार २०७५, सिन्धुली

केपी ओली सरकारका गृहमन्त्री रामबहादुर थापा (बादल)ले निजी यातायात कम्पनीहरुले चलाएको यातायातको एकाधिकार (सिन्डिकेट) तोडेसँगै काम नगर्ने ठेकदार कारवाही गर्ने सार्वजनिक प्रतिवद्धता सुने लगत्तै दुधौली नगरप्रमुख घनश्याम राउत काठमाडौं आएरै गृहमन्त्रीलाई भेटी औपचारिक पत्रसहित पप्पु कन्सट्रक्सनले सम्झौता अनुसार कमला नदीको पुल निर्माण नगरेको जानकारी गराएका थिए ।

विगत ८ वर्षदेखि अलपत्र कमला नदीको निर्माणाधिन पक्की पुल

विगत ८ वर्षदेखि धरान–चतरा–गाईघाट–कटारी–सिन्धुली–हेटौंडा सडक आयोजना अन्तर्गत कमला नदीमा पक्की पुल निर्माणको ठेक्का पाएको पप्पु लुम्बिनी कन्सट्रक्सनले थोरै काम गरी वर्षाैअघि सक्नुपर्ने दुधौली नगरपालिका वडा नंं. २ र ३ जोड्ने कमला नदीको पक्की पुल निर्माण कार्य विभिन्न बहानामा गरिरहेको छैन ।

समयमै पुल निर्माण नहुँदा स्थानीयवासी मोटरसाईकल बोकेर तार्न बाध्य

गृह मन्त्रालय अन्तर्गतको जिल्ला प्रशासन कार्यालय सिन्धुली मार्फत पत्र काटी पप्पु कन्सट्रक्सनलाई समयमै काम नसक्नुको कारण सहितको जवाफ तीन दिनभित्र पेश गर्ने गरी २०७५/०२/२१ मा पत्र काटेको थियो ।

जिल्ला प्रशासन कार्यालय सिन्धुलीले पठाएको चिठी

पत्रानुसार निर्माण व्यवसायी स्वयम उपस्थित हुनुपर्नेमा आफ्नो ओभरसियर कर्मचारी पठाएको र निजले समेत आफैं आधिकारीक होइन भनेकोले सिन्धुलीका कामु प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले हरिनारायण रौनियारलाई फोन गरी ताकेता गरिरहेको परिवर्तन खबरको टेलिफोनमा बताए ।

फोरमबाट सांसद बनेका हरिनारायण रौनियारले अहिले कम्पनी छोराको नाममा गरेको बुझिएकोले जिल्ला प्रशासन कार्यालय र दुधौली नगरपालिकाले लगातार ताकेता गरिरहेको नगरप्रमुख घनश्याम राउतले बताए ।

प्रतिक्रिया दिनुहोस्