‘सिधा प्रश्न’ रोकिएपछि राजु थापा न्याय माग्दै रवि लामिछानेकोमा



जेठ २०७५, काठमाडौं

नेपाल टेलिभिजनको चर्चित कार्यक्रम ‘सिधा प्रश्न’मा संचारमन्त्रीलाई प्रश्न गरेकै आधारमा उक्त शो बन्द हुने भएपछि राजु थापा न्याय माग्न रवि लामिछानेकोमा पुगेका छन् ।

राजु थापाले संचारमन्त्री गोकुल बाँस्कोटालाई  प्रश्न सोधेकै निहुँमा उक्त शो बन्द गर्न ठाडो आदेश दिएका छन् । केही दिन अगाडिको कार्यक्रममा मन्त्रीले झुटो बोलेको कुरा सामाजिक संजालमा भाइरल भएपछि प्रतिशोध पोख्न मन्त्री बाँस्कोटाले शो बन्द गर्ने आदेश दिएका थिए ।

संचारमन्त्रीले १२ वर्षदेखि निरन्तर संचालन भैरहेको कार्यक्रम ‘सिधा प्रश्न’ बन्द गर्नको लागि नेपाल टेलिभिजनका समाचार निर्देशक मनहरी थापालाई आदेश दिएता पनि जनता भने राजु थापाको पक्षमा देखिएका छन् । यतिबेला कार्यक्रम पुनः संचालनमा आउनुपर्छ भनी जनताले सामाजिक संजाल मार्फत दबाब दिइरहेका छन् ।

उनले सामाजिक संजालमा पोष्ट गरेको स्टाटस यस्तो रहेको छ ।

प्रतिक्रिया दिनुहोस्