
संसारका हरेक महिलाहरु महिनावारी हुन्छन् तर नेपाली समाजमा यसलाई नकरात्मक रुपमा लिइएको छ । महिनावारी भन्नाले महिलाको शरिरबाट जम्मा भएको फोहोरी रगत बाहिर जाने पक्रिया हो ।
नेपालको पश्चिमी क्षेत्रमा त झन् महिनावारीलाई कठोर रुपमा हेरिन्छ । पहिलो पटक महिनावारी भएको समयमा किशोरीहरुलाई गोठमा एक्लै सुताउने, सुर्य लगायत दाजुभाईको अनुहार हेर्न नदिने, मन्दिर जान नदिने र भान्सामा छुन नदिने जस्ता कार्यहरु गर्न बन्देज गरिएको छ । तर ज्योतिष हरिहर अधिकारी भन्छन्,‘महिनावारी भएको समयमा यी सबै काम गर्न मिल्छ । मन्दिरमा जाँदा पुजारीले महिनावारी भएको कुरा सोध्दैनन् त्यसैले तपाई कोहि पनि मन्दिर जान सक्नुहुन्छ ।’
उनी भन्छन्, ‘मन्दिरमा र किचेनमा जान नहुने कारण पहिलाको अविकसित समाजबाट शुरु भएको हो । पहिला मान्छे गाउँमा बस्थे शहर विकास भैसकेको थिएन । खरले छाएको माटोको घर हुन्थ्यो । गाउँबाट मन्दिर जहिले पनि अलि टाढा हुने गथ्र्यो । महिलाहरु सधै पूजाको थाली लिएर मन्दिर जाने गर्थे । महिनावारी भएको समयमा रगत बाहिर जान्थ्यो र जनावरहरुले त्यसको बास्ना छिटो थाहा पाउथे खास गरी मासु, रगत खाने जनावरहरुले । यसकारण महिला मन्दिर जादा जनावरहरुले आक्रमण गर्ने र मार्ने डरका कारणले महिलाहरुलाई मन्दिर जान रोक लगाइएको हो । त्यसैगरी पहिलाको समाजमा महिनावारी भएका महिलाहरुको लागि प्रयोग हुने प्याड, पन्जा, भित्री बस्त्र आदि पर्याप्त सामानहरु थिएनन् । त्यसैकारण महिनावारी भएका महिला भान्सामा जाँदा सफा नहुने भएका कारण भान्सामा पकाउन नहुने भनिएको हो ।’
अहिलेको आधुनिक समाजमा महिलाहरुलाई आवश्यक पर्ने सबै सामानहरु उपलब्ध छन् र मन्दिर जान पनि जनावरको डर हुँदैन । त्यसैले हरेक महिलाहरुलाई महिनावारी भएको समयमा जे गर्न पनि स्वतन्त्रत छ ।





