एकतापछि खाइपाई ल्याएको पद भन्न मिल्दैन : रक्षामन्त्री पोखरेल



३१ जेठ २०७५, इटहरी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थाई समिती सदस्य ईश्वर पोखरेलले पार्टी एकतापछि दुबै पार्टीका नेताले खाइपाई आएको पद भनेर अड्को थाप्न नहुने बताएका छन् । इटहरीमा नेकपाले गरेको कार्यकर्ता भेटघाट तथा निर्देशन कार्यक्रममा बोल्दै पोखरेलले यस्तो बताएका हुन् ।

संघीय सरकारका रक्षा मन्त्री समेत रहेका पोखरेल पुर्वी पृतना हेडक्वाटरमा सेनाको अवस्था बुझ्न इटहरी आएका हुन् । कार्यक्रमा बोल्दै पोखरेलले नेतामा हाल जे मन लाग्यो त्यही बोल्ने बानी लागेकाले अब नेकपाका नेता र कार्यकर्ताले उक्त बानि छोड्नुपर्ने बताए । ‘एमालेका साथीमा यो बानी लागिसकेको थियो ।’ पोखरेलले भने ‘माओवादीका साथीले पनि होला यो बानी हटाउनुपर्छ । बिपक्षी कतिबेला चिप्लन्छन् र ताली मारौ भनेर बसेका छन् । हामीले कतै कमजोरी नदेखाउ ।’

राजनैतिक प्रतिवेदन र अन्तरिम बिधानले पार्टीलाई महाधिवेशनसम्म लैजाने बताउँदै पोखरेलले केन्द्रमा जस्तै प्रदेश, स्थानीय तह र जनवर्गीय संगठनमा पनि कार्यकर्ताको व्यवस्थापन हुने बताए । पार्टी एकताको बेला कहिलेकाँही एक अक्षरले पनि मत भिन्नता हुने भन्दै नेता पोखरेलले बटो, बिश्लेषण, सिद्धान्त सबै मिलेकाले एमाले–माओवादी एकतामा उक्त समस्या नआउनेमा आफु ढुक्क रहेको बताए । दुवै पार्टीमा काम गरिरहेका पदाधिकारी र कार्यकर्ताले जिम्मेवारी पाउने पोखरेलको भनाई छ ।

कार्यक्रममा बोल्दै नेकपाका स्थाई समिती सदस्य तथा प्रदेश सभा सांसद भिम आचार्यले दबै पार्टीले कर्यकर्ता रिझाएर जिम्मेवारी दिनेमा आपूm ढुक्क रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्