‘बोबी’ हेर्ने दर्शकका लागि नर्वे घुम्ने अवसर



३१ जेठ २०७५, काठमाडौँ

यहि असार २९ लाई  प्रर्दशन मिति तोकिएको चलचित्र बोबिले चलचित्रप्रति दर्शकको ध्यान आकर्षण गर्न नयाँ तरिका अपनाएको छ । यस चलचित्रको मुख्य भूमिकामा उमेश थापा र कविता गुरुङलाई देख्न सकिन्छ । अझ गज्जबको कुरा त के छ भने यो चलचित्र हेर्ने दर्शकले नर्वे घुम्न जान पाउने भएका छन् । निर्माण टिमले अगाडि सारेको प्याकेज अन्तर्गत ‘बोबी’ हेरेका दर्शकले टिकटमा आफ्नो नाम लेखी, त्यसको फोटो खिचेर ‘बोबी’ को आधिकारिक फेसबुक पेजमा पठाउनु पर्नेछ ।

उपलब्ध भएका फोटोलाई फेसबुक लाइभ मार्फत गोलाप्रथाको माध्यमबाट विजेता घोषणा गरिनेछ । भाग्यशाली दर्शकले आफ्नो जोडीसँगै ‘बोबी’ को जन्मघर पोखरा, कर्मघर ललितपुर हुँदै कर्मथलो नर्वेसम्मको यात्रा गर्न पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्