प्रदेश ३ सरकारले शुक्रबार बजेट सार्वजनिक गर्ने



३१ जेठ २०७५, हेटौंडा

प्रदेश ३ को प्रदेशसभा बैठकमा (शुक्रबार) भोलि दिउँसो प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ को लागि विनियोजित बजेटलाई सार्वजनिक गर्ने कार्यक्रम रहेको छ।

आर्थिक मामिला तथा योजनामन्त्री कैलाशप्रसाद ढुंगेलले भोलि प्रदेशसभाको बैठकमा विनियोजित बजेट पेश गर्ने मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, हेटौंडाले जनाएको छ।

आर्थिक मामिला तथा योजनामन्त्री ढुंगेलले सरकारले प्रस्तुत गर्न लागेको आगामी आव २०७५/०७६ को बजेटले ३ नं प्रदेशअन्तर्गत १३ जिल्लाका लागि माग गरेबमोजिम राष्ट्रिय गौरवको आयोजना, गरिबी निवारण गर्ने लक्षित कार्यक्रम, ऊर्जा शक्तिको उत्पादन गर्ने, कृषि उत्पादनलाई प्रोत्साहन गर्ने र सामान्य नागरिकको जीवनस्तरमा आर्थिक सुधार ल्याउने कार्यक्रमलगायत बजारभाउ नियन्त्रण गर्ने खालको कार्यक्रम बजेटले समेट्ने बताएका छन्।

प्रतिक्रिया दिनुहोस्