
३१ जेठ २०७५, काठमाडौं
नेपाल राष्ट्रिय पार्टी प्यालेस तथा क्याटरिङ व्यवसायी महासंघको दोस्रो साधारण सभालाई सम्बोधन गर्दै गृहमन्त्री रामबहादुर थापा (बादल)ले व्यवसायीहरुलाई दुःख दिने कमिसन खोज्ने टोले दादादेखि गुण्डाको बारेमा सूचना दिन आग्रह गरेका छन् ।
मन्त्री थापाले असुली धन्दामा प्रहरीको समेत संलग्नता रहेकोले विकास र समृद्धिको मुख्य बाधकको रूपमा रहेको भ्रष्टाचार र गुण्डागर्दीलाई अन्त्य गर्न सरकारले शून्य सहनशीलताको नीति लिएको स्पष्ट पार्दै उद्योगहरूको समृद्धि र विकासका लागि त्यस्ता तत्वलाई बाँकी नराख्ने चेतावनी दिए ।





