रवि लामिछानेलाई पुलिस वा वकिल नबन्न दिनेश डिसीको सुझाब (भिडियो सहित)



३० जेठ २०७५, काठमाडौं

नेपाली संचार माध्यमका लोकप्रिय आवाज दिनेश डिसीले हालै मात्र एउटा अन्तरवार्तामा न्युज २४ को लोकप्रिय टेलिभिजन कार्यक्रम सिधा कुरा जनतासँगका प्रस्तोता रवि लामिछानेलाई पुलिस वा वकिल नबन्न सल्लाह दिएका छन् ।

नेपाली संचार माध्यममा ’आवाजको दुनियाँको साथी’ दिनेश डिसी प्रसिद्ध छन् ।  संचारमाध्यम र कला क्षेत्रमा लागेका उनलाई नचिन्ने दर्शकहरु कमै छन् । चलचित्र क्षेत्रमा व्यस्त भएपनि संचार माध्यमबाट हराएका उनी फेरी पनि रेडियो कान्तिपुरबाट संचार माध्यममा फर्किएका छन्।

दिनेश डि.सी रेडियो कान्तिपुरमा स्टेसन म्यानेजरको रुपमा आएका छन् । उनले यो पद सम्हालेको सात महिना पुगेको छ । यो बीचमा आफूले कार्यक्रमहरुको व्यवस्थापन, समाचार शैली आदिमा परिवर्तन ल्याएको उनी बताउँछन्।

दिनेश डिसीका अनुसार, नयाँ पुस्ता र नयाँ प्रविधि अनुसार कार्यक्रम र शैली नयाँ आउनुपर्छ। त्यस्तै, रेडियो कार्यक्रम संचालकहरु या त आफूलाई अपडेट गर्दै फरकपन ल्याउन सक्नुपर्छ या संचालकहरु नै नयाँ आउनुपर्छ ।

उनी भन्छन्, ’रवि लामिछानेले अपराधिलाई नङ्गाएका छन् खोजमुलक पत्रकारिता गरेका छन् त्यो राम्रो हो । तर कहिलेकाही उनी पुलसी वा वकिल बन्न खोज्छन्। त्यो काम पत्रकारिता भित्र पर्दैन’।

प्रतिक्रिया दिनुहोस्