संयुक्त ‘अभ्यास सूर्यकिरण-१३’ समापन



३० जेठ २०७५, काठमाडौं

प्रतिविद्रोह तथा प्रतिआतंकवाद र विपद् व्यवस्थापन सम्बन्धि विषयहरु समावेश गरी भारतको पिथौरागढमा जेठ १६ गतेदेखि सञ्चालन भएको नेपाली सेना र भारतीय सेना बीचको संयुक्त ‘अभ्यास सूर्यकिरण-१३’ जेठ २९ गते समापन भएको छ । भारतको मिजरममा मिति २०६७ सालबाट पहिलो पटक शुरु भएको यो संयुक्त अभ्यास हाल एक÷एक वर्षको अन्तरालमा नेपाल र भारतमा सञ्चालन हुने गर्दछ ।

अभ्यासमा नेपाली सेनाकोतर्फबाट ‘गोरख बक्स गण’का प्रमुख सेनानी तिलक बहादुर थापा क्षेत्रीको कमाण्डमा ३०० फौज (१ सेक्सन महिलासहित) र भारतीय सेनाकोतर्फबाट ‘१३ जम्मुकस्मिर राइफल्स’का महा सेनानी निपुन कृष्णनको कमाण्डमा ३०० फौज सहभागी भएका थिए ।

नेपाली सेनाको तर्फबाट संयुक्त अभ्यासको पर्यवेक्ष राजेन्द्र कार्की र भारतीय सेनाका उपरथी नीरज वर्माले ‘अभ्यास सूर्यकिरण-१३’ अभ्यासबाट दुई देशका सेनाको पेशागत ज्ञान अभिवृद्वि भई दुई देशको सम्बन्ध अझै प्रगाढ हुने विश्वास व्यक्त गरेका थिए । साथै अभ्यास सफलतापूर्वक सम्पन्न भएकोमा अभ्यासमा सहभागी फौजहरुलाई बधाई समेत दिएका थिए ।

प्रतिक्रिया दिनुहोस्