
३० जेठ २०७५, म्याग्दी
अन्नपूर्ण गाउँपालिका–२ भुरुङ तातोपानीका बाढीबाट पीडित वासिन्दाका लागि जापानबाट आर्थिक सहयोग प्राप्त भएको छ ।
हाल जापानमा रहेका भुरुङ तातोपानीका सन्तोष थापामगरको पहलमा जापानको तोचीगीस्थित लाफा क्लबले रु एक लाख ३० हजार आर्थिक सहयोग गरेको हो ।
भुरुङ तातोपानीका पीडित र सम्भावित विपद्को व्यवस्थापन तथा राहतका लागि सहयोग जुटाउन शुरु गरिएको अभियानमा हालसम्म रु दुई लाखभन्दा बढी सहयोग जुटेको छ । अन्नपूर्ण गाउँपालिका–३ दानामा रहेको नेपाल रेडक्रस सोसाइटीको उपशाखाले वडाध्यक्ष नरसिङ पुर्जामार्फत रु २० हजार १५५ उपलब्ध गराएको छ ।





