
३० जेठ २०७५
पश्चिम तनहुमा जन्मीएर पूर्वको सोलुखुम्वलाई आफ्नो कर्मथलो बनाउँदै आएका सर्जक तथा सञ्चारकर्मी शिखर गजरकोटेको नयाँ सिर्जना पुर्वेली लोकगीत ‘चुल्ठो’ यतीबेला पुर्वक्षेत्रमा चर्चित बन्दै गएको छ । तनहु गजरकोट, आकाशैमा वादलु डम्मै, पानी मीठो यारी खोलाको, पुर्बेली कान्छी, यो माया बैगुनी, पिरतीको साईनो तथा बार लाउ है मायाले जस्ता चर्चित झण्डै दुई दर्जन गीतका सर्जक गजरकोटे सफल सञ्चारकर्मी समेत हुन् ।

लोकप्रिय गायक कृष्णभक्त राईको स्वर र प्रियजन राईको निर्देशन रहेको गीतमा गजरकोटे आरुषी मगरको चुल्ठोमा लोभिएका छन् । राष्ट्रिय लोक तथा दोहरी गीत प्रतिष्ठान सोलुखुम्वुका अध्यक्ष समेत रहेका गजरकोटे यस गीतमा भने मोडलको रुपमा देखिएका छन् । जुनतारा म्युजिक प्रा.लि.को प्रस्तुति रहेको यस गीतमा गायक तथा संगीतकार प्रियजन राईको लय रहेको छ भने चर्चित गायक कृष्ण भक्त राईले स्वर दिएका छन् । प्रियजन राईकै निर्देशनमा जनकराज अधिकारीले छायाँकन गरेको भिडियोलाई मनिषले सम्पादन गरेका हुन् ।
सगरमाथाको फेदमा वसेर सञ्चारकर्म र गीत सृजना गर्ने ,‘गजरकोटे भन्छन् प्रकृतिको काखमा वसेर पुर्वेली भेग र समाजसँगको संगतले पुर्वेली गीत सृजना गरेको हुँ ।’






