
३० जेठ २०७५, काठमाडौं
प्रधानसेनापति राजेन्द्र क्षत्रीले ‘केन्द्रिय स्तरको पेशागत प्रतियोगिता ०७४/७५’मा सहभागीहरुलाई पाल्पा जिल्लाको रानीमहल ईलाकामा निरीक्षण तथा सम्बोधन गरेका छन् । प्रधानसेनापति क्षत्रीलाई निरीक्षणाधिकृत उपरथी अनुज बहादुर बस्न्यातले स्वागत गरेका थिए ।
नेपाली सेनामा कार्यरत सैनिक व्यक्तिहरुको व्यवसायिक दक्षता अभिबृद्धि गर्ने उद्देश्यले पृतना तहमा प्रथम तथा द्वितीय भएका गण र गुल्महरुलाई सहभागी गराई हरेक दुई/दुई वर्षमा सञ्चालन गरिने उक्त प्रतियोगिता जेठ १८ गतेबाट सञ्चालन भईरहेको छ ।
उक्त कार्यक्रममा सैनिक तालिम तथा डक्ट्रिन महानिर्देशक उपरथी देव कुमार सुवेदी लगायत अन्य रथीबृन्द तथा अधिकृतहरुको समेत उपस्थिति रहेको थियो ।





