
२९ जेठ २०७५, काठमाडौं
पुननिर्माण सम्झौता पत्रमा हस्ताक्षर गर्दै काठमाडौं महानगरका प्रमुख विद्या सुन्दर शाक्यले काष्ठमण्डप पूनर्निर्माण समितिलाई काठमाडौं महानगरको तर्फबाट पुननिर्माणको लागि ५० लाख रुपैंयाको चेक हस्तान्तरण गरेको छन् ।
हनुमानढोका दरबार क्षेत्रमा रहेको काष्ठमण्डप पुननिर्माणको लागि महानगरले सहयोग स्वरुप ५० हजार दिने निर्णय गरेको भएता पनि आबश्यक परेको खण्डमा अरु पनि सहयोग महानगरका प्रमुख श्रेष्ठले बताए ।
काष्ठमण्डप पूननिर्माणको लागि काष्ठमण्डप पूननिर्माण समिति, पुरातत्व विभाग , पूननिर्माण प्राधिकरणको साथै, निर्देशक समिति, सल्लाहकार समुह, संरक्षक समुह, प्राविधिक समुह , विज्ञ समिति, कार्यन्वयन समिति सक्रिय रुपमा काम गर्न सुरु गरेको हुनाले काष्ठमण्डप पूननिर्माण गर्न तोकिएको ३ वर्षको अवधि भन्दा अघि नै पुननिर्माणको काम सम्पन्न हुने विश्वास ब्यक्त गरेका थिए ।





