एनआरएन ओमनद्वारा ‘हामी एनआरएन’ गीत सार्वजनिक (भिडियो सहित)



२९ जेठ २०७५, काठमाडौं

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् ओमन (एनसीसी ओमन)ले तयार पारेको ‘हामी एनआरएन’ बोलको गीत आज युट्युव मार्फत सार्वजनिक गरेको छ ।

सुशील पुन ‘विरही’ को शब्द रहेको गीतमा महेश खड्काले संगीत भरेका छन् । दीपक लिम्बु, लक्ष्मी निर्मल कोइराला, माण्डवी त्रिपाठी र सञ्जिता निरौलाको सुमधुर स्वर रहेको गीत परिवर्तन अनलाईन टिभी मार्फत सार्वजनिक गरिएको हो ।

एनसीसी ओमनद्वारा सार्वजनिक गीत

नेपालमा जन्मिएर अध्ययन, पेशा, रोजगारीको शिलशिलामा विश्वका विभिन्न देशहरुमा छरिएर रहेका गैरआवासीय नेपालीहरु एकतावद्ध हुन थालेको एक दशक नाघिसक्यो । प्रवासमा रहँदा उनीहरुले नेपाली कला संस्कृति र पहिचानलाई विश्वभर फैलाएका छन् । समाजसेवा, खेलकुद तथा विभिन्न साँस्कृतिक गतिविधिमा क्रियाशील एनआरएन सदस्यहरुले आफ्ना गतिविधि र भावना समेटेर गीत सार्वजनिक गरेका छन् ।

नेपाली अर्थतन्त्रको मूल हिस्सा रहेको रेमिट्यान्स, नेपाली कला संस्कृति र पर्यटन प्रवर्धनको क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याईरहेको एनआरएनले भूकम्प, बाढीपिडित, अप्ठ्यारोमा परेका नेपालीहरु तथा गैरआवासीय नेपालीहरुलाई समेत स्थापना कालदेखि सहयोग गरिरहेको छ ।

सार्वजनिक गीतमा नेपाली मौलिक संस्कृति र एनआरएन गतिविधि समेटिएको छ ।

प्रतिक्रिया दिनुहोस्