
हाल बलिउड सुपरस्टार सलमान खान आफ्नो नयाँ चलचित्र रेस ३ को पब्लिसिटिमा व्यस्त छन् । पब्लिसिटिको क्रममा उनले आफ्ना आगामी चलचित्रका बारेमा खुलेर बताएका छन् । रेस ३ को रिलिज पश्चात सलमान लगातार आफ्ना नयाँ चलचित्रहरु ‘किक २’, ‘भारत’, ‘दबगं ३’ लगायत ‘शेर खान’ मा व्यस्त रहनेछन् ।
शेर खानलाई उनका भाई सोहिलले निमार्ण गर्दैछन् भने उक्त चलचित्रमा सलमानको साथमा भारतीय चर्चित कमेडियन कपिल शर्मा पनि देखिनेछन् । धेरै वर्षपहिले कमेडी सर्कस शो ताका सोहिलले कपिलसँग फिल्ममा लिने वाचा गरेका थिए ।





