ऋषि कपुरसँग रिसाए सलमान



२९ जेठ २०७५

बलिउड अभिनेत्री सोनम कपुरको विवाह पार्टीमा सलमान खानकी बुहारी अर्थात सोहेलकी पत्नी सीमा खानलाई ऋषि कपुरले रक्सीको तालमा थर्काएको थिए ।

वैवाहिक समारोहमा पुग्दा ऋषिलाई सवैले आरदपूर्वक झुकेर अभिवादन गरेका थिए तर सलमानले उनको वास्ता गरेनन् । अर्थात अनुहार पनि हेरेनन् । यसै कारण उनी क्रोधित भई, सलमान परिवारको सदस्यमाथि आफ्नो रिस पोखेका थिए । तर सलमानले यो कुरा पछि मात्र थाहा पाए ।

हालै एक अन्तरवार्तामा सलमानले ऋषि कपुरलाई, ‘म सिनियर जुनियर जान्दिनँ । जसले मेरो परिवारलाई सम्मान गर्दैन उ मेरो निम्ति नाम लिन पनि लायक छैन’ भनेका छन् । एजेन्सी

प्रतिक्रिया दिनुहोस्