बूनपा ११ मा मन्टेश्वरी, उद्घोषण तथा समूह व्यवस्थापन तालिम सम्पन्न



२८ जेठ २०७५, काठमाडौं

एकिकृत महिला विकास समितीको आयोजना तथा बूनपा वडा नं. ११ को सहकार्यमा मण्टेश्वरी, उद्घोषण तथा समूह व्यवस्थापन तालिम साम्तेन मेमोरियल स्कुल, कपनमा सम्पन्न भएको छ ।

डा. राजन भट्टराईको प्रमुख आतिथ्यता रहेको समापन कार्यक्रममा विशेष अतिथि बूनपा नगरप्रमुख उद्वव खरेल रहेका थिए । अतिथिहरुमा उपप्रमुख रमा राई, वडाध्यक्ष राजु अधिकारी, जनप्रतिनिधी सदस्यहरु, समाजसेवी र शिक्षकशिक्षिकाहरुको उपस्थिति रहेको थियो ।

प्रमुख अतिथि डा. भट्टराईले,‘यस्ता खालका कार्यक्रम गर्ने मात्र नभएर प्रयोगमा ल्याउन समेत आग्रह गरेका थिए ।’

‘सिपयुक्त तालिमहरु सिकेर महिला अगाडी बढ्नुपर्दछ ।’ उद्यमी महिलाहरुले उत्पादन गरेका वस्तुको बजार व्यवस्थापन नगरपालिकाले गर्नुका साथै कपनमा कोशेली घर निर्माण गरी चाँडै नै संचालनमा ल्याउने प्रतिवद्धता नगरप्रमुख खरेलले गरे ।

बूनपा ११ का वडाध्यक्ष राजु अधिकारीले ‘सीप सिकेका महिलाहरुलाई रोजगारीको अवसर सिर्जना गर्ने र आगामी दिनमा यस्ता खालका तालिमहरु पनि निरन्तर आयोजना गर्ने बताए ।

 

प्रतिक्रिया दिनुहोस्