छोराको कारण सैफ र करिनाले एकसाथ फिल्म नगर्ने



२८ जेठ २०७५

एक समयकी व्यस्त र चर्चित नायिका करिना कपुर वैवाहिक जीवनपछि गुमनाम जस्तै भएकी थिईन । लामो समय पश्चात रिलिज भएको वलिउड चलचित्र ‘वीरे दि वेडिङ’ को सफलताले उनको डिमान्ड फेरी बढेको छ । तर उनले अर्काे वर्ष मात्रै नयाँ फिल्म साईन गर्ने बताईन् ।

एक अन्तरवार्ताको क्रममा करिनाले छोरा तैमुर सानै भएकाले तत्काल अर्काे फिल्म साईन नगर्ने बताईन् । ‘मेरो श्रीमान कुनै विजनेसम्यान वा जागिरे होइनन् । उनी बेलुका ५ बजे घर फर्केर छोरा हेर्न सक्दैनन् । त्यसैले मैले छोरालाई समय दिनुपर्छ,’ करिनाले भनिन् ।

बुवा वा आमामध्ये एकजना साथमा नहुँदा तैमुरले उत्पात मच्चाउने भएकाले छोरा नहुर्किदासम्म श्रीमान सैफ अली खान र आफू एकैसाथ फिल्म नगर्ने सहमति भएको पनि करिनाले खुलासा गरिन् । सैफले हाल काम गरिरहेको फिल्म नोभेम्बरमा पुरा हुनेछ । सहमतिअनुसार त्यसपछि करिनाको खेल्ने पालो आउने छ र सैफले ब्रेक लिनेछन् ।

हालै स्कूल भर्ना भएका तैमुर बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म स्कुलमा हुन्छन् । त्यसपछि घरमा आफूले छोरा हेरचाह गर्नुपर्ने करिनाको भनाई छ । एजेन्सी

प्रतिक्रिया दिनुहोस्