
२८ जेठ २०७५, काठमाडौं
यस वर्षको दशैंको फूलपातीबाट देशव्यापी प्रदर्शनमा आउन लागेको फिल्म ‘छक्का पञ्जा’ को तेस्रो सिरिजमा अभिनेत्री स्वस्तिमा खड्काको पनि प्रवेश भएको छ । मुर्हूतमा कलाकार तथा निर्माता दीपकराज गिरीले ठट्टा गर्दै स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएको हुँदा स्वस्तिमालाई अटाउन नसकेको बताएका थिए ।
हाल यस चलचित्रको छायांकन पोखरामा भैरहेको छ । फिल्मको केही दृश्यसँगै एक गीतमा समेत स्वस्तिमालाई देख्न पाइने निर्देशक दीपाश्री निरौलाले जानकारी दिइन् । स्वस्तिमा हाल उक्त चलचित्रको छायांकनमा व्यस्त छिन् ।
उनको दृश्य खिचिसके पनि गीतको छायांकन भने बाँकी छ । स्वस्तिमाको इन्ट्री भएसँगै दर्शकमा फिल्मप्रति थप कौतुहलता बढेको छ । ’छक्का पञ्जा २’ मा उनले प्रियंका कार्कीको छोरीको भूमिका निर्वाह गरेकी थिइन् ।
यो फिल्ममा दीपकराज गिरी, दीपिका प्रसाईँ, जीतु नेपाल, केदार घिमिरे, बुद्धि तामाङ, नीर शाह, किरण केसी, संयोग कोइरालालगायतका कलाकारहरुको अभिनय रहनेछ । ’छक्का पञ्जा ३’ मा अभिनेत्री प्रियंका कार्की अतिथी भूमिकामा देखिनेछिन् । उक्त चलचित्रको अधिकांश छायांकन सकिएको जानकारी निर्माता दिपकराज गिरीले बताएका छन् ।





